Saturday 16 August 2014

आनन्द

आनन्द
(फिलिप्पी 4:4 सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। )

अय्यूब 10:20 मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्, र अब बाचेको थोरै समय आनन्द गर्न पाउँ। अय्यूब 33:28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमाआनन्द भोग गर्न सक्छु।’भजनसंग्रह 16:9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।भजनसंग्रह 27:6 मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु, म परमप्रभुको सम्मानमा भजन गाउनेछु।भजनसंग्रह 96:11 े आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।लूका 1:47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमाआनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।यूहन्ना 17:13 “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्दपाउन भन्दछु। प्रेरित 2:26 यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ,रोमी 5:2 ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।रोमी 14:17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।फिलिप्पी 3:1 [ सबैभन्दा महत्वपूर्ण ख्रीष्ट नै हुनुहुन्छ ] अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ।यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी-घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।फिलिप्पी 4:4 सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। आमेन

इशक तामांग
किम्तंग चर्च शिन्किल एबेनेज़ेर











No comments:

Post a Comment